उचित श्याहार र निश्चित आहार नभए पक्कै पनि जीवन चल्न गाह्रो हुन्छ यो कुरा अहिले देखि उठेको होईन जमानादेखि यो वा त्यो ढुंगबाट बाहिर आएको छ । सिस्नो र आटो टन्न खानेहरुका लागि उसको जीवन सैली रहन सहन फरक होला तर उचित के हो भन्ने थाहा नपाएरै वा पाएरै भएपनि पौष्टिक तत्व भएको बस्तुको त्यस ठाउँमा प्रयोग भएको छ ।
बारीमा लटरम्म फल्ने कोदो रोप्न छोडेर भोकमारी पर्र्यो भन्ने बाहनामा संचार माध्यामहरुमा समाचार टिपाएर पौष्टिक तत्व हराएको चामल खान बानी परेको हाम्रो समुदाय यस्तै गतिमा जाने हो भने पक्कै पनि भोलीका दिनहरुमा “बोईलर कुखुराको जस्तो पद्धती हाम्रो समाजको नहोला भन्न सकिदैन् ।” चारो दिएपछि खाने नत्र झोक्राएरै मर्नुपरे पनि मर्न तयार हुने ।
अव एकपटक सवैले सोच्नुपर्ने बेला आएको छ । छिमेकी मुलुहरुले नाकाबन्दी गर्दा हामिलाई पर्ने समस्या समाधान गर्न बाँझो बारीमा कोदो रोपेर पुर्ण अर्गानिक र पुर्ण पौष्टिकता भएको कोदोको आहार खाने बानीको बिकास गर्नु छ । जंगलमा खेर गएको सिस्नोको प्रयोग गरेर भिटामिन पाउने अभियानमा लाग्नुपर्ने छ । मकै र भटमास अनि धेरै उत्पादन हुने फर्सी र स्कुसको राम्रो प्रयोग गरेर धेरै पौष्टिकता पाउने अभियान थाल्नुपर्ने छ ।
यस्ता कुराहरुमा मात्र ध्यान दिन सक्यौ भने हाम्रो समाजमा कुनै पनि सुत्केरी महिलाहरु र नावालकहरु अकालमै मृत्युको मुखमा पर्ने छैनन् । बिडम्बना हाम्रै समाजको छ । चर्पी प्रयोग गर्न पनि अनुदान चाहिने, ठूलो परियोजना नै चाहिने, खान सिकाउँदा पनि अनुदाननै चाहिने अनि बिदेशी परियोजनानै चाहिने अनि हामीलाई बाह्य आँखाले बोईलर नभनेर के भन्ने हुन् यसको बारेमा समेत अव चिन्ता गर्दै गाउँमै पौष्टिक आहार रहेछ त्यसको सदुपयोग राम्रोसँग गरौं यही महत्वपुर्ण आहार हुन्छ ।








